Breaking News.... EverestOnlineKhabar
June 24, 2026

यात्रा प्रतिबन्ध सम्बन्धी ट्रम्पलाई अर्को झड्का….

Loading

एजेन्सी,१ कार्तिक ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ८ देशका नागरिकलाई अमेरिका प्रवेश गर्न नदिने सम्बन्धी नियम कार्यान्वयमा अदालतले रोक लगाएको छ । राष्ट्रपति ट्रम्पले ल्याएको नियम अदालतले त्यस विरुद्ध फैसला गरेका कारण कार्यान्वयनमा नआउने भएको हो ।
अमेरिकाको एक संघीय अदालतले विभिन्न देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी नियम तत्कालका लागि कार्यान्वय नर्गन आदेश दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
ट्रम्पले देशको सुरक्षाका लागि भन्दै ल्याएको यात्रा प्रतिबन्ध सम्बन्धी नियम यो हप्ता लागु गर्ने तयारी थियो । तर हुवाइ राज्यको होनोलुलुमा हरेको संघीय अदालतले नियम तत्काल कार्यन्वयन नर्गन आदेश दिएको हो ।
ट्रम्पको यात्रा प्रतिबन्ध सम्बन्धी नियम अनुसार इरान, लिबिया, सिरिया, यमन, सोमालिया, चाड र उत्तर कोरिया नागरिक तथा भेनेजुएलाका केही अधिकारी प्रभावित हुने थिए । नयाँ नियम कार्यान्वयका लागि अमेरिकाको संघीय आप्रवासी कानुन अनुसार राष्ट्रपतिसँग अधिकार नरहेको अदालतले उल्लेख गरेको छ ।
यसअघि राष्ट्रपति ट्रम्पले कार्यभार सम्हाले लगतै मुस्लिम बाहुल्य विभिन्न ६ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी नियम ल्याउनुभएको थियो । त्यस विषयमा सर्वोच्च अदालतले जाँच गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed