Breaking News.... EverestOnlineKhabar
October 2, 2026

नेपाल टेलिकमले दियो तिहार र छठको उपलक्ष्यमा छुटैछुट

Loading

काठमाडौं । नेपाल टेलिकमले तिहार र छठको उपलक्ष्यमा आफ्ना ग्राहकलाई विभिन्न छुट दिएको छ । टेलिकमले जीएसएम र सीडीएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने भएको छ । यो योजना बुधबारदेखि शुक्रबारसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यसैगरी, प्रिपेड र पोष्टपेड दुवै सिम प्रयोगकर्तालाई कम्पनीको नेटवर्क हुने एसएमएस सेवामा ५० प्रतिशत छुट उपलब्ध गराइने टेलिकमले जनाएको छ । यो सुविधा २ देखि ९ गतेसम्म लागू हुने जनाएको छ । यो अवधीमा कम्पनीका ग्राहकले टेलिकम नेटवर्कभित्र ५० पैसामा एसएमएस गर्न सक्नेछन् ।

बुधरबारदेखि कात्तिक ३० गतेसम्म फोरजी सेवा लिनको लागि आवश्यक पर्ने सीम निःशुल्क परिवर्तन गरिने टेलिकमले जनाएको छ ।
फोरजी सेवा उपलब्ध भएको काठमाडौं, ललितपुर, भक्तपुर र पोखराका नेपाल टेलिकम काउन्टरबाट यो सेवा उपलब्ध हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed