Breaking News.... EverestOnlineKhabar
August 15, 2026

पर्वतका दुई गाउँपालिकाका हरेक वडामा इन्टरनेट सेवा

Loading

पर्वत । पर्वतका दुईवटा गाउँपालिकाले हरेक वडामा इन्टरनेट सेवा विस्तार गरी प्रविधियुक्त बनाएका छन् ।
बिहादी र महाशिला गाउँपालिकाले वडावडामा इन्टरनेट सेवा विस्तार गरेका हुन् । गाउँ कार्यपालिकाले हरेक वडालाई प्रविधियुक्त बनाउन बजेट विनियोजन गरेको थियो ।

बिहादी गाउँपालिकाले छवटै वडामा कम्प्युटर, प्रिन्टर, फोटोकपीसहित इन्टरनेट जडान गरेको छ । हरेक वडामा चार लाख ५० हजार बजेट विनियोजन गरी प्रविधियुक्त बनाइएको छ । वडामा इन्टरनेट जडान गरेपछि गाउँपालिकादेखि मन्त्रालयसम्मका चिठी, परिपत्र पाउन, बेवसाइडका सूचना वडाबाटै तत्काल पाउन सहज भएको छ ।

यस्तै, महाशिला गाउँपालिकाले पनि इन्टरनेट विस्तार गरेर वडावडामा पुर्याएको छ । गाउँपालिकाले उपकरण खरिद गरी सबै वडामा इन्टरसेवा विस्तार गरेको हो । छ वटै वडामा प्रविधियुक्त वाइम्याक्ससहितको इन्टरनेट सेवा जडान गरिएको हो । महाशिलाले हरेक वडामा एक लाख ५० हजार खर्च गरी इन्टरनेट सेवा बिस्तार गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.