![]()
बिबिसि । अफगानिस्तानको दक्षिणी खोस्ट प्रान्तमा अफगान सेनाले गरेको कारबाहीमा हक्वानी नेटवर्क नामक आतंककारी समूहका २६ जना लडाकू मारिएका छन् ।
उक्त स्थानमा गएको तीन दिनदेखि अफगान सेनाले उनीहरुको खोजी गरिरहेको थियो । भिडन्तमा परी अरु केही लडाकू पनि घाइते भएका छन् । मारिएका २६ जनाको शव भेटिएको र घाइते भएका ७ जनालाई अफगान सेनाले नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेको जनाइएको छ ।
सोमबारबाट सुरु भएको भिडन्त मंगलवारपनि अवेरसम्म जारी थियो । उता अफगानिस्तानकै पूर्वी प्रान्त नान्गाहारमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा आठजना तालिबान र इस्लामिक स्टेट्स (आइएस) आबद्ध लडाकू मारिएका छन् । अफगान गृह मन्त्रालयले मंगलबार विज्ञप्ति प्रकाशन गरी सो जानकारी दिएको छ ।
नान्गाहार प्रान्तको आचिन जिल्लामा केही दिनयतादेखि लुकेर बसेका आतंककारीलाई लक्ष्य गरेर अफगान सेनाले गरेको हवाई कारबाहीमा उनीहरु मारिएका हुन । यो कारबाहीमा मारिनेमा केही तालिबान र केही आइएसका हतियारधारी लडकूहरु रहेको जनाइएको छ ।


