Breaking News.... EverestOnlineKhabar
October 2, 2026

बाबुछोरी अनिल कपुर र सोनम पहिलोपटक एकसाथ फिल्ममा

Loading

एजेन्सी । भेट्रान बलिउड अभिनेता अनिल कपूर र उनकी छोरी सोनम कपूर छिट्टै ठूलो पर्दामा एक साथ देखिने भएका छन् । आफ्नो फिल्मी करिअरमा निकै हिट फिल्म दिएका दुवै बाउ छोरी अब एक साथ फिल्ममा देखिने भएका हुन् ।

दुवै बाउ छोरीले निर्देशक विधु विनोद चोपडाको आगमी फिल्ममा साईन गरेपछि उनीहरुसंगै देखिने भएका हुन । फिल्मको नाम ‘एक लड्कीको देखा तो ऐसा लगा’ राखिएको छ । फिल्ममा उनीहरुले खेल्ने भूमिकाको बारेमा भने केही बताइएको छैन ।
भारतीय सञ्चारमाध्यमका अनुसार विधु चोपडाको यो निकै ठूलो प्रोजेक्ट हो । उनका अनुसार अनिल कपुर र सोनम फिल्मको मूख्य भूमिकामा छन ्।’

अनिलले सन् १९४२ मा फिल्म ‘लव स्टोरी’ मा विधुसँगै काम गरिसकेका छन ्। उक्त फिल्ममा अनिल कपूरको साथमा अभिनेता ज्याकी श्राफ र अभिनेत्री मनिषा कोइरालाले मुख्य भूमिका निभाएका थिए । सोही फिल्ममा एक लडकीको देखा तो ऐसा लगा भन्ने गीतबाट नयाँ फिल्म बनाउन लागिएको हो ।

फिल्मको लागि स्क्रीप्टिङमै काम भैरहेको निर्देशक बिधुले बताए । अब यो काम छिटै सकेर फिल्मको शुटिङ शुरु गर्ने तयारीमा फिल्मको निर्माण यूनिट जुटेको छ ।

सोनम र अनिलले सँगै अहिलेसम्म कुनै फिल्म संगै गरेका छैनन् । सोनमको करिअरको लागि बाबु अनिलले धेरै मिहेनत गरेका छन् ।
रणवीर कपूर र सोनम कपूरले सञ्जय लिला भन्सालीको फिल्म ‘सावरियाँ’बाट सँगै बलिउडमा डेब्यू गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed