![]()
काठमाडौं । कुमार खड्का नेतृत्वको अखण्ड नेपाल पार्टी नेपाली कांग्रेसमा विलय भएको छ । राजनीतिक धु्रवीकरण उत्कर्षमा पुगेपछि अखण्ड नेपाल पार्टी पनि कांग्रेसमा मिसिन पुगेको हो ।
आगामी मंसिरमा हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि तीन प्रतिशत थ्रेस होल्ड कायम गरिएपछि साना दलहरु ठूला पार्टीमा विलय हुने क्रम चलिरहेको छ ।
मुलुक संघीय प्रणालीमा जान नहुने भन्दै अखण्ड नेपाल पार्टीले संघीयता विरोधी गतिविधि गरेको थियो । संविधानतः मुलुक संघीय प्रणालीमा गएपछि अखण्ड नेपाल पार्टी पनि ठूला पार्टीमा विलय भएको हो ।


