![]()
एजेन्सी । कुनै समय भारतीय चलचित्रका नायक अजय देवगनसंग प्रेम सम्बन्धमा रहेकी तब्बु अविवाहित छिन । केही समयअघि उनले अजय देवगनकै कारण आफू अविवाहित भएको बताएकी थिइन । अजयले आफूलाई विवाह गर्नबाट रोकेकोबारे अहिले पक्कै पनि पश्चाताप गरिरहेको हुनुपर्ने उनले बताएकी थिइन ।
पछि अजय देवगनले काजोलसंग विवाह गरे । अजय तब्बुका छिमेकी पनि हुन । युवावस्थामा तब्बुले कुनै अन्य केटाहरुसंग कुरामात्रै गरेको देख्यो भने अजय रिसले आगो हुने गरेको तब्बु अहिले पनि बताउँछिन । उनै तब्बु र अजय फेरि एउटै फिल्मा देखिने भएका छन । तब्बुले हिन्दी चलचित्र ‘विजयपथ’बाट अभिनय यात्रा सुरु गरेकी थिइन । उनी भन्छिन ‘म केवल आफ्नै मान्छेहरुसँग काम गर्न चाहन्छु । जहाँ मैले मस्तले काम गर्न सकुँ ।’
‘मकबुल, फितुर, अस्तित्व, चाँदनी बार, हैदर’ जस्ता चलचित्रमा गम्भीर भुमिका निर्वाह गरेकी तब्बुले लामो समयदेखि कमेडी चलचित्रमा काम गर्ने चाहना राखेकी थिइन् । रोहित शेट्ठी निर्देशित ‘गोलमाल ४’ले उनको त्यो चाहना पूरा गरिदिएको छ ।
जतिवेला उनी गम्भीर चलचित्रमा अभिनय गर्दै थिइन, दर्शकहरु प्रश्न गर्थे कि तपाइले किन हाँस्य चलचित्र नगर्नु भएको ? अहिले तिनै दर्शक प्रश्न गर्न थालेका छन् ‘किन गम्भीर चलचित्रमा नदेखिनु भएको ?’ उनी भन्छिन –‘दर्शकलाई कहिल्यै खुसी राख्न सकिदैन ।’
थोरै चलचित्रमा काम गरेको प्रसंगमा तब्बु प्रश्न गर्दै भन्छिन–‘मेरो पुस्ताका कती हिरोइन अभिनयमा ब्यस्त छन् ?’ वर्षमा कम्तिमा एउटा चलचित्रमा काम गरेको धारणा राख्ने तब्बु ‘गोलमाल ४’ मा आफ्ना मित्र अजय देवगणसँग देखिएकी छिन् । उनले अजय देवगनसंग आफनो बिशेष सम्बन्ध रहेको बताएकीछिन ।
रोहित शेट्ठी निर्देशित ‘गोलमाल ४’ मा तब्बुको अतिरिक्त अजय देवगण, अरशद वारसी, परिणीति चोपडा, तुषार कपुर र कुणाल खेमुले मुख्य भुमिका निर्वाह गरेका छन् ।


