Breaking News.... EverestOnlineKhabar
August 15, 2026

शंकास्पद अमेरिकी नागरिक तिब्बती सीमामा पक्राउ

Loading

काठमाडौं । एक अमेरिकी नागरिक तिब्बती सीमाक्षेत्र नजिकैबाट पक्राउ परेका छन । राहदानीबिना यात्रा गरिरहेका ग्रान्ट यो नामक व्यक्ति लामावगरको गोंगरमा पक्राउ परेका हुन ।

अमेरिकन परिचयपत्र नम्बरबाट आफूलाई चिनाएका उनले क्यालिफोर्नियाबाट आएको बताएका छन् । पक्राउ परेपछि ग्रान्टले राहदानीसहितको झोला हराएको बयान दिएका छन । आफना सामान हराएकोबारे उनले कतैपनि उजुरी दिएका छैनन ।
प्रहरीसंगको बयानमा उनले लप्चेस्थित गुम्बामा करिब दुईसाता ध्यान गरेको समेत बताएका छन । उनले आफना बाबु तिब्बती र आमा अमेरिकन भएको प्रहरीलाई बयान दिएका छन् ।

राहदानी र भिसा बिनै यात्रा गरेको भेटेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धानको लागि ग्रान्टलाई अध्यागमन विभाग पठाइएको छ ।

तिब्बती सिमाना छेऊ नेपाली भूमिमा रहेको बौद्धमार्गीको बिशेष तीर्थस्थल मानिने मिलारेवी गुम्बा क्षेत्र जान विदेशी नागरिकलाई अनुमति लिनुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed