Breaking News.... EverestOnlineKhabar
August 15, 2026

स्विस खेलाडी रोजर फेडेररलाई संघाई मास्टर्स टेनिसको उपाधि

Loading

बिबिसि । स्विस खेलाडी रोजर फेडेररले संघाई मास्टर्स टेनिसको उपाधि जितेका छन् । फाइनलमा स्पेनिस राफायल नाडाललाई पराजित गर्दै फेडेररले संघाई ओपन टेनिसको उपाधि जितेका हुन् ।

चीनको संघाईमा भएको फाइनलमा दोस्रो बरियताका फेडेररले शीर्ष बरियताका नाडाललाई ६ – ४ र ६ – ३ को सेटमा पराजित गरे । योसँगै फेडेररले आफ्नो टेनिस करियरमा ९४ औ उपाधि जित्न सफल भए । फेडेररले खुल्ला आकाशमुनी खेलीने संघाई ओपनको उपाधि दोस्रो पटक जितेका हुन् । उनले यसअघि सन् २०१४ मा उपाधि जितेका थिए ।

यता, नाडाल भने पुन एकपटक फाइनल पुगेर उपाधि जित्नबाट बन्चित भएका छन् । नाडाल सन् २००९ मा पनि फाइनल पुगेर पराजित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed