![]()
काठमाडौं । नेपाली काँग्रेस काँग्रेसको संसदीय बोर्डमा ५ सदस्य थपिएका छन । यसअघि १७ सदस्यीय संसदीय बोर्ड रहेकोमा शनिवार पाँच जना थपिएका हुन ।
नयाँ थपिनेहरुमा डा. शेखर कोईराला, डा. मिनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा, फर्मुल्लाह मनसुर र एनपी साउद रहेका छन् ।
पछिल्लो महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित नेता कोईरालालाई बोर्डमा छुटाइएको भन्दै चर्को आलोचना भएको थियो ।
त्यसैगरी दलित र मुस्लीम समुदायको प्रतिनिधित्व नभएकाले संसदीय बोर्ड समावेशी हुन नसकेको आरोप लागेपछि विश्वकर्मा र मन्सुरलाई थपिएको हो ।
संसदीय बोर्डको बैठक शनिवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । बैठकले प्रतिनिधि सभा र प्रदेश सभाका पार्टीको तर्फबाट प्रतिश्पर्धा गर्ने उम्मेदबारहरुको नामावली तयार पार्ने छ ।


