![]()
काठमाडौ,२७ असोज ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ । हङकङ स्थित मिसन रोडको मोङ कङमा रहेको टिन क्वोङ रोड रिक्रिएसन मैदानमा खेल भइरहेको छ । नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । हङकङ १ सय ९४ रनमा अल आउट भएको छ।
च्याम्पियनसिपको छैटौं चरणमा यो अन्तिम खेल हो । हङकङ ११ अंकसहित पाँचौं र नेपाल ८ अंकसहित छैटौं स्थानमा छ । च्याम्पियनसिपको शीर्ष चार टोली अर्को वर्ष जिम्बाबेमा हुने विश्वकप छनोटमा पुग्ने प्रावधान छ । नेपालले पछिल्लो पटक हङकङसँग मार्चमा खेलेको थियो । ज्ञानेन्द्रको ७० रनमा नेपालले सो खेल ७ विकेटले जितेको थियो ।
दुबै टोलीका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ । नेपालले हङकङपछि युएईसँग युएईमा गएर खेल्दै छ । नेपालले हङकङ र युएईसँगका २—२ खेलमा विजय हात पारेमा शीर्ष चारमा पर्ने सम्भावना बलियो हुन्छ । एक खेल हारेमा पनि नेपाल शीर्ष चारको दौडबाट बाहिरिन सक्छ ।
प्रमुख ब्याट्सम्यान शरद भेषावकर अस्वस्थका कारण हङकङसँग शुक्रबार र आइतबार हुने खेल गुमाउने भएकाले नेपाली टोलीमाथी दबाब थपिएको छ । शरदले १० खेलमा नेपालबाट ३ सय २१ रन बनाएका छन् । उनीभन्दा बढी रन च्याम्पियनसिपमा कप्तान पारस खड्का (३५२) ले बनाएका छन् । शरद नखेल्ने भएपछि उनले ब्याटिङ गर्ने तेस्रो नम्बरमा कप्तान पारस खड्काले ब्याटिङ गर्ने भएका छन् ।


