Breaking News.... EverestOnlineKhabar
June 4, 2026

उत्तर कोरियाद्वारा आफना नेता किमलाई मार्ने अमेरिकी योजना ‘ह्याक’

Loading

बिबिसि । उत्तर कोरियाली नेता किम जोङ उनको हत्या गर्ने लगायतका अमेरिकी र दक्षिण कोरियाले तयार पारेका गोप्य सैनिक योजना उत्तर कोरियाले ह्याक गरेको छ ।

बिबिसीलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार उत्तर कोरियाली ह्याकरहरूले दक्षिण कोरियाली सेनाको कम्युटर ह्याक गरेर उक्त योजना पत्ता लगाएका हुन् ।

कोरियाली प्रायदिपमा युद्ध सुरु भएमा के के गर्ने भनी अमेरिकी तथा दक्षिण कोरियाली सेनाले संयुक्त रूपमा तयार गरेका युद्ध रणनीतिका दस्तावेजहरु पनि ह्याक भएको सञ्चारमाध्यमले जनाएका छन् ।

कोरिया प्रायद्वीपमा सुरूमा दक्षिण कोरियाली सेनाको कमाण्डमा युद्ध भएपनि पछि अमेरिकी सेनाले सम्हाल्ने दुबै देशबीच सम्पन्न सन्धिमा उल्लेख छ ।

दुबै मुलुकका सेनाले तयार गरेको रणनीतिमा उत्तर कोरियाली नेता किमको शीर छेदन गरेर उनलाई सिध्याउने रणनीति पनि थियो । यो रणनीति ह्याक भएदेखि किमले आफूजस्तै देखिने उनका सहयोगीहरूको ‘डिकोय’ दस्ता नै तयार गरेको र आफू कतै जाँदा झुक्याउनका लागि ती ‘डिकोय’हरू परिचालित गर्ने गरेको न्युयोर्क टाइम्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed