![]()
काठमाडौं । मंसिर १० गतेको पहिलो चरणको प्रदेश र प्रतिनिधि शभा निर्वाचन सर्ने चर्चा चलिरहेकाबेला प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै हालतमा निर्वाचनको मिति नसर्ने स्पष्ट पार्नुभएको छ ।
बिहीबार प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त बैठकमा प्रधानमन्त्री देउवाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनेमा आश्वस्त हुन आग्रह गर्नुभएको हो । बैठकमा प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
बैठकपछि निर्वाचनको मिति नसार्ने प्रतिबद्धता प्रधानमन्त्री देउवाले जनाएको एमाले वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिनुभयो । बैठकले राष्ट्रिय सभा निर्वाचन विधेयकमा सहमति जुटाउने जिम्मेवारी प्रमुख तीन दलका शीर्ष नेतृत्वलाई दिएको छ ।


