![]()
काठमाडौं । नेकपा एमालेले सहमति नदिएपछि चिकित्सा शिक्षा विधेयक अलपत्र परेको छ । बिहीबार संसदबाट पारित गर्ने तयारी गरेपनि सहमति नजुटेपछि बिधेयक नै अलपत्र भएको छ । बिधेयकमाथि सहमति जुटाउन सभामुख ओनसरी घर्तीले समेत प्रयास गर्नुभएको थियो ।
नेपाली कांग्रेसले राखेको प्रस्तावमा सभामुख घर्तीले उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, कानुन मन्त्री यज्ञबहादुर थापालगायतलाई बोलाएर विधेयकमा सहमतिका लागि परामर्श गर्नुभएको थियो । छलफलमा एमालेले बिधेयकमा सहमति नजनाएपछि सभामुखको प्रयास पनि असफल भयो ।
छलफलमा पूर्वस्वास्थ्य मन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक रेखा शर्मा, कांग्रेस मुख्य सचेतक चीनकाजी श्रेष्ठ, नेकपा एमालेका नेता राजेन्द्र पाण्डेलगायत सहभागी हुनुहुन्थ्यो । माथेमा प्रतिवेदनका आधारमा विधेयक पारित गर्नुपर्ने माग गर्दै डा. गोविन्द केसी आमरण अनशन बसिरहेका छन् ।


