Breaking News.... EverestOnlineKhabar
October 2, 2026

एमाले र माओवादीको चेपुवामा बाबुराम, गठवन्धन निल्नु र ओकल्नु भएपछि छोडने मनस्थितिमा

Loading

काठमाडौं । समृद्धिको नारा दिएर तामझामकासाथ नयाँ शक्ति पार्टी खोलेका डा.बाबुराम भट्टराईलाई त्राण त्यतिबेला मिल्यो जतिबेला एमाले र माओवादी केन्द्रले बामगठवन्धन अभियान थाल्दै पार्टी एकीकरणसम्मको अभियान चलाए । नयाँ शक्ति गठन भएको एक बर्ष नपुग्दै आफनै निकटका नेता कार्यकर्ताले छोडेपछि एक्लिएका बाबुरामलाई स्थानीय तह निर्वाचनमा त झन ठूलो झट्का लाग्यो । चुनाव लगत्तै देवेन्द्र पौडेल, रामचन्द्र झा लगायतका समूहले पनि छाडेपछि त बाबुरामको राजनीतिक अवसान हुन लागेको विश्लेषण गरिएको थियो । तर, यही बिचमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मुखमै एमाले र माओवादी केन्द्रले बामपन्थी अभियान चलाएपछि बाबुराम पनि त्यसमा मिसिए । कम्युनिष्ट बिचारधारा छोडेर नयाँ शक्तिको अभियान थालेका बाबुराम पुनः माक्र्सवादी बिचारधारा अंगाल्दै खुशीसाथ गठवन्धनमा बसे । उनी एमालेको सूर्य चुनाव चिन्हमा निर्वाचन लडन पनि तयार भए ।

राजनीतिक अवसानको संघारमा पुगेकाबेला बाबुरामलाई पुनः उठने राम्रो धरातल फेला परेको थियो । त्यही भएर बामपन्थी गठवन्धनको घोषणासभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको कटाक्ष पनि उनले हाँसीहाँसी सहेका थिए ।

तर, बाबुरामका खुशीका दिन लामो समयसम्म नरहने संकेत देखिसकेको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बाबुरामलाई कुनैपनि हालतमा गोरखा जिल्ला छोडन नसक्ने अडान माओवादी केन्द्रले लिएपछि बाबुराम पेलानमा परेका छन । गठवन्धन बैठकमै उनलाई समृद्धिको नारा लिएर राजनीति गरेको मान्छेले गोरखा नभई काठमाडौंबाट चुनाव लडनुपर्ने भन्दै व्यङग्य गर्न थालिएको छ । माओवादी केन्द्रले पनि गोरखाका दुवै निर्वाचन क्षेत्रमा आफना उम्मेदवार उठाउने लगभग निश्चित गरिसकेको छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि गोरखाबाटै चुनाव लडने लगभग निश्चित भैसकेको छ । अर्का नेता हितराज पाण्डे पनि गोरखाबाट चुनाव लडने मनस्थितिमा हुनुहुन्छ । यस्तोबेला कुनैपनि हालतमा भट्टराईलाई गोरखा छोडन नसकिने निष्कर्षमा माओवादी पुगेको छ ।

एकातर्फ एमालेको निर्वाचन चिन्हमा चुनाव लडनुपर्ने अर्कोतर्पm आफनै गृह जिल्लामा उम्मेदवार हुन नपाउने भएपछि बाबुराम निकै आक्रोशित भएका छन । उनका हरपलका सहयोगी नेता गंगा नारायण श्रेष्ठले त फेसबुकमा आक्रोश नै पोेखेका छन । श्रेष्ठले लेखेका छन, ‘अति भए खति हुन्छ, सबैलाई चेतना भया । ’

आफूलाई पेल्न खोजेपछि बाबुराम भट्टराई पनि एमाले र माओवादी गठबन्धनबाट बाहिरिने ‘मनस्थिति’मा पुगेका छन । उनले पार्टी बैठकमै आफ्नै चुनाव चिन्हमा चुनाव लड्ने वा उम्मेदवारी नै नदिएर गठबन्धनलाई सहयोग गर्ने विकल्प प्रस्तुत गरिसकेका छन ।  भट्टराईले वार्ता जारी रहेको तर माओवादीले जनयुद्धदेखिको हिसाब निकाल्न खोजेको ब्रिफिङ गर्दै सिट बाँडफाँटमा कुरा नमिले गठबन्धनमा रहने नरहरेन सोच्ने बताएका हुन ्। भट्टराईले बैठकमा यस्तो धारणा राखेपछि नयाँ शक्तिका नेताहरूले नारायकाजी श्रेष्ठ र प्रचण्ड विरुद्ध उम्मेदवारी दिनुपर्ने बताएका थिए ।

एमाले अध्यक्ष केपी ओलीले अझै मिलाउने बताइरहेको तर माओवादी केन्द्र पेलेर अगाडि बढ्ने मनस्थितिमा रहेको नयाँ शक्तिको बुझाई छ । माओवादीले नयाँ शक्तिका उम्मेदवार सूर्य चुनाव चिन्ह लिने भएपछि उसले ६० प्रतिशतबाट भाग पाउनुपर्ने तर्क राखेका छन ।
ओलीले बुधबारको भेटमा भट्टराईलाई आफ्नो पार्टी ६० प्रतिशतमा रहेको र मिलाउने कोसिस गरिनै रहेको बताएक थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed