Breaking News.... EverestOnlineKhabar
August 15, 2026

हार्बी वाइन्सटिनलाई यौन दुर्व्यवहारको आरोप लागेपछि ओस्कार आयोजक आपतकालिन बैठकमा

Loading

बिबिसि । हलिउडका प्रसिद्ध फिल्म निर्माता हार्बी वाइन्सटिनमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि ओस्कारका आयोजकहरुले उनको भुमिका अब के हुने भन्नेबारे आपतकालीन बैठक गर्दैछन् ।

मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेसले वाइन्सटिनविरुद्धका यौन दुव्र्यवहारका आरोपहरु घृणित भएको बताएको छ । वाइन्सटिनले भने आफूमाथिका अभियोगहरुको कडा रुपमा प्रतिवाद गरेका छन् । ब्रिटिश एकेडेमी अफ फिल्म (बाफ्टा) ले उनको सदस्यता निलम्बन गरिसकेको छ । यसैबीच, न्यूयोर्कका प्रहरीहरुले वाइन्सटिनमाथि लागेको अभियोगबारे कुरा गर्न एकजनासँग खोजिरहेका छन् । तर प्रहरी प्रशासनले त्यसबारे थप विवरण उपलब्ध गराएको छैन ।

वाइन्सटिनको मिराम्याक्स र वाइन्सटिन कम्पनीले निर्माण गरेको ८१ वटा चलचित्रहरुलाई ओस्कार दिएको युएस एकेडेमीले शनिबार उनीमाथि लागेको आरोपबारे छलफल गर्ने भएको छ ।

एनजेलिना जोली र गुइनथ प्याल्ट्रोसहित चर्चित केही अभिनेत्रीहरुले चलचित्र निर्मातामाथि लागेको अभियोगबारे बोलेका छन् । वाइन्सटिनले अनुचित ढंगले व्यवहार गरेको भन्दै आरोप लगाउने ब्रिटेनकी अभिनेतृ तथा मोडल कारा डेलिभिन हुन् । उनले वाइन्सटिनले आफूले होटलको कोठा छोड्न लाग्दा आफूलाई चुम्बन गर्ने प्रयास गरेको बताइन् ।

आफूमाथि लगाएको बलत्कारको अभियोग मंगलबार वाइन्सटिनले अस्वीकार गरेका छन् । सोही दिन उनकी श्रीमतिले उनलाई छोड्न लागेको बताएकी थिइन् ।

बुधबार अमेरिकाका अभियोजनकर्ताहरुले एकजना महिलाले सन् २०१५ मा वाइन्सटिनले आफूलाई गरेको व्यवहारविरुद्ध उजुरी दिएपछि उनीहरुले वाइन्सटिनविरुद्ध कुनै कारबाही नगर्ने आफ्नो निर्णयको बचाउ गरेका छन् । इटलीकी २२ वर्षीय मोडलले पनि वाइन्सटिनले आफूलाई अनुचित ढंगले छोएको भन्दै प्रहरी कहाँ दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed