![]()
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मंसिर १० गतेको निर्वाचन सर्ने खुलासा गरेका छन् । बुधबार रिपोर्टर्स क्लबमा बोल्दै मन्त्री थापाले मंसिर १० गते हुने प्रदेशको निर्वाचन केही कारणले तलमाथि भएपनि मंसिर २१ गते हुने निर्वाचन कुनैपनि हालतमा नसर्ने प्रष्ट पारेका हुन ।
यसअघि सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकसाथ मंसिर १० र २१ गते दुई चरणमा गर्ने निर्णय गरेको थियो ।
विकसित राजनीतिक अवस्थाका कारण मंसिर १० गते तोकिएको निर्वाचन मंसिर २१ गते सर्नसक्ने मन्त्री थापाको भनाइ छ । केन्द्र र प्रदेश सभाको निर्वाचन एकैचोटि गर्ने गृहकार्य भइरहेको भन्दै मन्त्री थापाले प्रतिपक्षलाई सरकारका गतिविधिलाई साथ दिनको लागि आग्रह समेत गरे ।


