Breaking News.... EverestOnlineKhabar
June 4, 2026

कांग्रेसको १७ सदस्यीय शक्तिशाली संसदीय बोर्ड गठन, गठन भए लगत्तै बोर्ड उम्मेदवार छान्न सक्रिय

Loading

काठमाडौं । नेपाली कांग्रेसको निकै शक्तिशाली मानिएको संसदीय समिति गठन भएको छ । सभापति शेरबहादुर देउवाले पार्टी भित्र लामो छलफलपछि बुधवार संसदीय समिति गठन गर्नुभएको हो । समितिमा १७ सदस्यीय रहेका छन । समितिले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनौट गर्नेछ ।

संसदीय बोर्ड गठन भए लगत्तै उम्मेदवार चयन गृहकार्य पनि सुरु भएको छ । यसका लागि सभापति देउवाले बुधवार नै प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय समितिको बैठक बोलाउनु भएको छ ।

यी हुन् संसदीय समितिका १७ सदस्य
१) शेरबहादुर देउवा
२) रामचन्द्र पौडेल
३) शशांक कोइराला
४) सीतादेवी यादव
५) प्रकाशमान सिंह
६) कृष्णप्रसाद सिटौला
७) विमलेन्द्र निधि
८) गोपालमान श्रेष्ठ
९) खुमबहादुर खड्का
१०) पूर्णबहादुर खड्का
११) अर्जुननरसिंह केसी
१२) डा. रामशरण महत
१३) चित्रलेखा यादव
१४) महेश आचार्य
१५ ) बालकृष्ण खाण
१६) डा. प्रकाशशरण महत
१७) ज्ञानेन्द्रबहादुर कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed