Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकता भएको छ । काठमाडौको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा दुईपार्टी बीच एकता घोषणा गरिएको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा संयुक्तका अध्यक्ष गणेश शाहले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी एकता भएको घोषणा गरेका हुन् ।

दुवै पार्टीका अध्यक्षले हस्ताक्षर गरेको विज्ञप्तिमा राष्ट्रियता, राष्ट्रिय अखण्डता, देशको अग्रगामी विकासका लागि विभिन्न समुहमा रहेका प्रगतिशिल, बामपन्थी र देशभक्त गणतान्त्रिक शक्तिहरुलाई बृहत धु्रवीकरणमा सामेल हुन अपिल गरेका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रले बाम गठवन्धन बनाउँदै पार्टी एकतासम्मको अभियान थालेपछि साना दलहरु पनि बिचार मिल्ने दलहरुसंग गठवन्धन वा एकता गर्न बाध्य छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed