![]()
बिबिसि । नाइजेरियाको उत्तरी कडुना राज्यमा प्राथमिक विद्यालयका हजारौं शिक्षकहरु ६ वर्षीय विद्यार्थीकालागि तयार पारेका प्रश्नपत्रको जाँच दिँदा अनुत्तीर्ण भएपछि बर्खास्त गरिने भएका छन् ।
कडुनाका गभर्नरले शिक्षक विद्यार्थी अनुपातमा रहेको असमानता सच्चाइने बताउँदै त्यस्ता शिक्षकहरुलाई बर्खास्त गर्ने तयारी गरेका छन । राज्यका गभर्नर नासिर एल रुफाइले भने, “जम्मा शिक्षक संख्याका दुई तिहाइ २१,७८० शिक्षकहरुले जाँचमा ७५ प्रतिशत या त्यो भन्दा माथिको नम्बर ल्याउन सकेनन ्।“
उनले भने अनुत्तीर्ण भएका शिक्षकहरुलाई विस्थापित गर्न २५ हजार नयाँ शिक्षकहरु भर्ना गरिनेछ । एल रफाइले प्रान्तीय राजधानी कडुनामा विश्व ब्यांकका प्रतिनिधिसँगको भेटका बेला त्यस्तो प्रतिक्रिया दिएका हुन् ।
नाइजेरियाको ‘डेली ट्रष्ट’ अखबारले लेखेको छ, “विगतमा शिक्षक नियुक्तिलाई राजनीतिकरण गरियो । हामी जवान र योग्य शीषकहरु भर्ना गरेर त्यो परिवर्तन गर्न चाहन्छौँ ता कि राज्यमा शिक्षाको गौरव कायम रहोस् ।“
एल रफाइले उक्त राज्यमा विद्यमान विद्यार्थी शिक्षकबीचको अनुपात पनि संबोधन गरिने बताए । उनका अनुसार अहिले कतिपय ठाउँमा एकजना शिक्षकका लागि नौ विद्यार्थी छन् तर कैयौं अरु ठाउँमा त्यो संख्या एक शिक्षक र १०० विद्यार्थीको छ ।


