Breaking News.... EverestOnlineKhabar
June 19, 2026

माइक्रोसफ्ट कम्पनीले अब स्मार्टफोन अपरेटिङ सिस्टममा ध्यान नदिने,एन्ड्रोइड फोनको आकर्षण बढ्यो

Loading

बिबिसि । माइक्रोसफ्ट कम्पनीले आफ्नो स्मार्टफोन अपरेटिङ सिस्टमको महत्वकांक्षा त्याग्ने जनाएको छ । कम्पनीको विन्डोज १० अपरेटिङ सिस्टमका प्रमुखले अब अपरेटिङ सिस्टमको मोबाइल संस्करणका लागि नयाँ फिचर र हार्डवेयर विकास गर्ने कार्यमा केन्द्रित नहुने प्रष्ट पारेका हुन । विन्डोज १० प्रमुख जोए बेलफायोरले आफूले समेत एन्ड्रोइड मोबाइल प्रयोग गर्न थालेको बताएका छन ।

विश्वको स्मार्टफोन अपरेटिङ सिस्टम मार्केटमा विन्डोज अपरेटिङ सिस्टमको हिस्सा अहिले केवल ०.०३ प्रतिशत मात्र रहेको छ । अहिले बजारमा विन्डोज टेनबाट चल्ने खासै धेरै स्मार्टफोन छैनन् । त्यसैले यो अपरेटर्स तथा रिटेलर्सका लागि खासै आकर्षक बन्न नसकेको मार्केट इन्टेलिजेन्स कम्पनी आइडिसीले जनाएको छ । साथै विन्डोज अपरेटिङ सिस्टमले प्रयोगकर्ताका लागि एन्ड्रोइड र आइओएसले जस्तो सुविधा र फिचर समेत उपलब्ध गराउन सकेको छैन ।

विन्डोज अपरेटिङ सिस्टम प्रयोग गरिरहेका प्रयोगकर्तालाई कम्पनीले सेक्योरिटी अपडेट तथा बग फिक्सिङ लगायतमा सहयोग गर्ने भएपनि अब यस अपरेटिङ सिस्टमका लागि नयाँ फिचर र हार्डवेयर उत्पादन गर्ने कुरा कम्पनीको प्राथमिकतामा नपर्ने जनाएको छ ।
यसअघि माइक्रोसफ्टका संस्थापक बिल गेट्सले समेत आफुले विन्डोज फोनको साटो एन्ड्रोइड फोन प्रयोग गर्न थालेको बताएका थिए । साथै एचपी कम्पनीले समेत अब विन्डोज १० मोबाइल ह्याण्डसेट उत्पादन नगर्ने घोषणा गरेको थियो ।

बेलायतको विलेफक्स र जर्मनीको ट्रेकस्टरले भने विन्डोज १० अपरेटिङ सिस्टमयुक्त नयाँ मोबाइल फोन हालैमात्र सार्वजनिक गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed