Breaking News.... EverestOnlineKhabar
June 19, 2026

सानो युरोपियन राष्ट्र आइसल्याण्ड बिश्वकप फुटबलमा लागि पहिलोपटक छनौट

Loading

बिबिसि । सानो युरोपियन राष्ट्र आइसल्याण्ड आगामी बर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ । युरोपियन क्षेत्रको समूह आईमा रहेको आइसल्याण्डले कोसोभोलाई २–० ले पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा आइसल्याण्डलाई जित दिलाउन गिल्फी सिगडसन र योहान गुडमन्डसनले समान एक– एक गोल गरे । यो जितपछि आइसल्याण्डले १० खेलबाट ७ मा जितसहित २२ अंक जोडन सफल भयो ।

तीन लाख ३५ हजार मात्रै जनसंख्या रहेको आइसल्याण्ड पहिलोपटक विश्वपकमा छनोट भएको हो । यस्तै आइसल्याण्ड विश्वकपमा छनोट हुने अहिलेसम्मकै सबैभन्दा सानो राष्ट्र समेत हो । गत बर्षको युरोकपमा समेत आइसल्याण्डले तहल्का मच्चाएको थियो । पहिलोपटक युरोकप खेलेको आइसल्याण्डले क्वाटरफाइनलसम्म पुग्दै इंग्ल्याण्ड जस्ता ठुला राष्ट्रलाई पराजित गरेको थियो ।

छनोटको समूह आईबाट क्रोएसियाले प्ले अफमा स्थान बनाएको छ । अर्को खेलमा क्रोएसियाले युक्रेनलाई २–० ले पराजित गरेको थियो । क्रोएसियाले १० खेलबाट २० अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed