![]()
बाँके । कोहलपुर–लमही सडकखण्डको लौकी खोलामा यात्रुबस दुर्घटनाहुँदा तीन जनाको निधन भएको छ भने १० जना घाइते भएका छन् । काठमाडौंबाट धनगढी गैरहेको बस खोलामा रहेको पुलको एउटा सानो खाडललाई छल्न खोज्दा चिप्लिएको हुनसक्ने प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर बैतडीकी ४५ वर्षीया दाहिनी बोहरा, सूर्यदल गण विराटनगरमा कार्यरत सिपाही रविन्द्र पाण्डे तथा एकजना सनाखत हुन नसकेका पुरुष छन् । घाइते दशजनाको कोहलपुस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । तीमध्ये एकजनालाई आइसियूमा राखेर उपचार गरिदै छ ।


