Breaking News.... EverestOnlineKhabar
June 19, 2026

निर्वाचनको मुखमा अप्रिय निर्णय नलिन सरकारलाई निर्वाचन आयोगको आग्रह

Loading

काभ्रे । मंसिर १० गतेको निर्वाचन सर्ने चर्चा चलिरहेकाबेला प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन सम्बन्धी कुनै अप्रिय निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि सञ्चालित निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी दुईदिवसीय तालीमको उद्घाटन गर्दै प्रमुख आयुक्त यादवले मंसिर १० र २१ गते निर्वाचन गर्नैपर्ने धारणा राख्नुभयो । निर्वाचन आयोग निर्वाचनको व्यवस्थापन तथा तयारीमा जोडतोडका साथ अघि बढिसकेको हँुदा अब यसलाई प्रभावित गर्ने निर्णय गर्न नहुने उहाँले बताउनुभयो ।

निर्वाचनको मुखमा सरकारले कुनै अप्रिय निर्णय गरे त्यसले आयोगलाई अप्ठेरो पर्ने यादवले बताउनुभयो । उहाँले कानून, नियम र निर्देशिकालाई अन्तिम रुप दिइसकिएकाले कहीँ कतैबाट पनि निर्वाचनमा कुनै किसिमको व्यवधान आउने नहुने धारणा राख्नुभयो ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै पटक दुई चरणमा गर्ने काम निकै कठिन र चुनौतीपूर्ण रहे पनि त्यसलाई स्वीकारेर आयोग अघि बढिरहेको उहाँले स्पष्ट पार्नुभयो ।

प्रमुख आयुक्त यादवले निर्वाचनमा खटिने कर्मचारीले राजनीतिक आस्थाका आधारमा कसैप्रति आग्रह वा पूर्वाग्रही नभई निर्भीक, स्वच्छ र स्वतन्त्र भएर काम गर्न निर्देशन दिनुभयो ।

प्रशिक्षणमा ७७ जिल्ला न्यायाधीश, नौ न्यायाधीश र न्यायसेवाका द्वितीय श्रेणीका अधिकृतको सहभागिता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed