![]()
भक्तपुर । नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर क्यान्सर अस्पतालको मेडिकल डाइरेक्टर पदमा प्रोफेसर डाक्टर ऋषिकेश नारायण श्रेष्ठ नियुक्ति भएका छन । डा.श्रेष्ठ कन्सल्टेण्ट सर्जिकल अन्कोलोजिष्ट हुन ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले एक समारोहकाबीच मंगलबार नव नियुक्त मेडिकल डाइरेक्टर प्रोफेसर श्रेष्ठलाई पद बहालीको पत्र हस्तान्तरण गरे ।
कार्यक्रममा निवर्तमान मेडिकल डाइरेक्टर डा. प्रकाशराज न्यौपानेलाई बिदाई गरियो ।

