Breaking News.... EverestOnlineKhabar
June 21, 2026

स्पेनबाट अलग हुने निर्णय फिर्ता लिन क्याटलोन नेताहरुलाई दबाब

Loading

बिबिसि । क्याटालोनियाका नेताहरुलाई स्पेनबाट अलग हुने निर्णय फिर्ता लिन दबाब परेको छ । क्षेत्रीय संसदमा सम्बोधन गर्न लागेका क्याटालनका नेता कार्लेस पुज्डेमनलाई स्वतन्त्र हुने योजना फिर्ता लिन अन्तर्राष्ट्रिय दबाब बढेको हो ।

विवादास्पद जनमतसंग्रहको मर्म अनुसार नेता पुज्डेमनलेस्वतन्त्र भएको घोषणा एकल रुपमा गर्ने अनुमान गरिएको छ । बार्सिलोनाका मेयरले संकट समाधानका लागि नेता पुज्डेमन र स्पेनी प्रधानमन्त्री मारियानो रजोयलाई आग्रह गरेका छन् । फ्रान्स र जर्मनीले एकीकृत स्पेनलाई समर्थन गर्ने घोषणा गरिसकेका छन् । नेता पुज्डेमनले मंगलवार साँझ क्याटालन संसदमा सम्बोधन गर्दै छन ।

क्याटालनमा अहिले राजनीतिसँगै आर्थिक दबाब समेत बढ्दै गएको बीबीसीले उल्लेख गरेको छ । विभिन्न कम्पनीहरुले क्याटालनबाट आफ्नो मुख्य कार्यालय सार्न थालेपछि यो दबाब बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed