Breaking News.... EverestOnlineKhabar
June 19, 2026

एएफसी एसियन कप फुटबलः आज नेपालले ताजकिस्तानसँग खेल्दै

Loading

काठमाडौ,२४ असोज ।
एएफसी एसियन कप फुटबल छनोटअन्तर्गतको चौथो खेलमा आज नेपालले ताजकिस्तानसँग खेल्दैछ । ताजकिस्तानको डुसान्बेमा हुने खेल जित्नैपर्ने दबाब नेपाल सामु छ । समुहका तीन खेलबाट १ अंक मात्रै जोडेको नेपाललाई एसियन कपमा छनौट हुने अंक गणितिय संभावना जिवित राख्न पनि यो खेल जित्नुपर्नेछ ।
तर ताजकिस्तान विरुद्धको खेल नेपालको लागि सहज भने हुनेछैन । यसअघि गत भदौं २० गते नेपालमै भएको खेलमा नेपाल ताजिकिस्तानसँग २–१ ले पराजित भएको थियो । एसियन कप छनौटको समूह एफ मा रहेको नेपाल तीन खेलबाट १ अंक जोड्दै तालिकाको पुछारमा छ ।
नेपाल रहेको समूहमा फिलिपिन्स ७ अंकसहित शीर्ष स्थानमा रहँदा ५ अंकसहित यमन दोस्रो तथा ३ अंकसहित ताजिकिस्तान तेस्रो स्थानमा छ । नेपालले अब फिलिपिन्ससँग घरेलु मैदानमा र यमनसँग उसैको मैदानमा एक एक खेल खेल्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed