Breaking News.... EverestOnlineKhabar
June 19, 2026

बालोन डी’ओरको मनोनयन सार्वजनिक, को को परे मनोनयन सूचीमा….?

Loading

एजेन्सी,२४ असोज ।
यो वर्षको बोलोन डी’ओर अवार्डका लागि ३० खेलाडीको प्रारम्भिक मनोनयन सार्वजनिक भएको छ । विश्व फुटबलका उत्कृष्ट खेलाडीलाई प्रदान गरिने प्रतिष्ठित अवार्डका लागि सोमबार बेलुका ३० खेलाडीको नाम सार्वजनिक गरिएको हो ।
यो अवार्ड फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्दछ । प्रारम्भिक मनोनयनमा गएको वर्षका विजेता क्रिष्टियानो रोनाल्डोसहित लियोनल मेस्सी, नेइमार, लुइस स्वारेज, ह्यारी केन, डेविड डि जिया, फिलिप कोन्टिन्हो, केविन डी ब्राउन, साडिओ मानेसहितका खेलाडी परेका छन् । तर मनोनयनको सूचिमा रियल मड्रिड तथा वेल्सका स्टार खेलाडी ग्यारेथ बेल भने परेका छैनन् ।
को को परे मनोनयनमा ?
पिएर एमरिक (बोरुसिया डर्टमुण्ड) करिम बेन्जिमा (रियल मड्रिड) लियोनार्डो कोनुकी (एसी मिलान र इटाली) जियानलुइजी बुफोन (युभेन्टस र इटाली) एडिसन काभानी (पिएसजी र उरुग्वे) फिलिप कोन्टिन्हो (लिभरपुल र ब्राजिल) केविन डी ब्राउन (म्यानचेस्टर सिटी र बेल्जियम) डेविड डी जिया (म्यानचेस्टर युनाइटेड र स्पेन) पाउलो डिबाल (युभेन्टस र अर्जेन्टिना) एडिन डिजेको (रोमा र बोसनिया हर्जगोभिना) राडामेल फालकाओ (मोनाको र कोलम्बिया) एन्टोनी ग्रिजम्यान (एथ्लेटिको मड्रिड र फ्रान्स) इडन हजार्ड (चेल्सी र बेल्जियम) म्याट्स हमेल्स (बार्यन म्युनिख र जर्मनी) इस्को (रियल मड्रिड र स्पेन) ह्यारी केन (टोटनह्याम र इंग्ल्याण्ड) एन’गोलो कान्टे (चेल्सी र फ्रान्स) टोनी क्रस (रियल मड्रिड र जर्मनी) रोबर्ट लेवान्डोस्की (बार्यन म्युनिख र पोल्याण्ड) साडिओ माने (लिभरपुल र सेनेगल) मार्सेलो (रियल मड्रिड र ब्राजिल) केलियन एमबाप्पे (पिएसजी र फ्रान्स) ड्रिएस मेर्टेन्स (नापोली र बेल्जियम) लियोनल मेस्सी (बार्सिलोना र अर्जेन्टिना) लुका मोड्रिक (रियल मड्रिड र क्रोएसिया) नेइमार (पिएसजी र ब्राजिल) ज्यान ओब्लाक (एथ्लेटिको मड्रिड र स्लोभेनिया) सर्जियो रामोस (रियल मड्रिड र स्पेन) क्रिष्टियानो रोनाल्डो (रियल मड्रिड र पोर्चुगल) लुइस स्वारेज (बार्सिलोना र उरुग्वे)
मनोनयनमा परेका यी खेलाडी मध्येबाट भोटका आधारमा अन्तिम तीन खेलाडीको नाम सार्वजनिक हुनेछ । त्यसमध्ये एक जनालाई यो वर्षको अवार्ड प्रदान गरिने छ । सन् २००८ यता रोनाल्डो र मेस्सी बाहेक अरुले यो अवार्ड जितेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed