Breaking News.... EverestOnlineKhabar
June 19, 2026

Loading

रुपन्देही,२४ असोज ।
रुपन्देहीमा लागु औषधसहित चारजना पक्राउ परेका छन् । पक्राउ परेकाहरुबाट भण्डार गरिराखिएको ठूलो परिमाणको लागु औषध बरामद भएको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा रुपन्देहीको ओमसतिया गाउँपालिका–६ का गुलाबचन्द सहनी, रोहीणी–७ का राधेश्याम यादब, पोखराका अन्तिम गुरुङ र तनहुँकी अन्जु गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
रोहिणी गाउँपालिका–३ बाट पक्राउ परेका उनीहरुको साथबाट डाइजेपाम, फेनारगन र नुफिम २ हजार १०० सिसी बरामद भएको प्रहरीले बताएको छ । यादबले भारतबाट लागु औषध खरीद गरी बिक्री गर्ने गरेको, सहनी ओसारपसारमा संलग्न रहेको र गुरुङद्वय खरिद गर्न आएको प्रहरीले बताएको छ । प्रहरीले उनीहरुको साथबाट १ लाख ५८ हजार रुपैयाँ नगद पनि बरामद गरिएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed