![]()
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र नेतृत्वको बाम गठबन्धनले चुनाव सार्ने र आफूहरुको बदनाम गर्ने काम नगर्न सरकारलाई चेतावनी दिएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेतासहित सिंहदरबारमा बसेको बैठकले बाम गठबन्धन गठनपछि कांग्रेस आत्तिएको ठहर गर्दै यस्तो चेतावनी दिएको हो ।
बैठकबाट बाहिरिदै एमाले उपाध्यक्ष बामदेव गौतमले गठवन्धनपछि कांग्रेस आत्तिएर जथाभावी बोल्न थालेको प्रतिक्रिया दिनुभयो । गौतमले भन्नुभयो, ‘ यस्तो आत्तिएको बेलामा कि अराजक हुन्छ, कि आत्मसमर्पण गर्छ, कि आतंक फैलाउने काम हुन्छ, हामीलाई कांग्रेसमाथि शंका लागेको छ ।’
उपाध्यक्ष गौतमले यस्तो बेलामा विभिन्न बहाना देखाएर चुनाव सार्ने षडयन्त्र हुन सक्ने भएकाले त्यस्तो सपना नदेख्न चेतावनी पनि दिनुभयो ।


