![]()
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै गोली हानी हत्या भएपछि गृहमन्त्री जनार्दन शर्मा सक्रिय भएका छन । उनले तुरुन्त प्रहरी अधिकारीहरुसंग आकस्मिक बैठक गरी अनुसन्धान अघि बढाएका छन ।
गृहमन्त्री शर्माले हत्यालगत्तै तीन जनालाई पेस्तोलसहित पक्राउ गरिएको जानकारी दिएका छन् । उनीहरुको पहिचान भने खुलाइएको छैन । हत्यामा संलग्न व्यक्तिलाई छिट्टै सार्वजनिक गरिने उनले बताए ।
बानेश्वर क्षेत्रमा मृतकका आफन्त र निर्माण व्यवसायीहरुले शान्ति सुरक्षाको माग गर्दै गृहमन्त्री शर्माबिरुछ केहीबेर नाराबाजी गरेका छन् ।
मन्त्री शर्माले शोकाकुल परिवार र निर्माण व्यवसायीलाई धैर्यधारण गर्न आग्रह गर्दै काठमाडौंमा सुरक्षा जाँच कडा पारेका छन ।


