Breaking News.... EverestOnlineKhabar
June 19, 2026

आयल निगमका गोपाल खड्कालाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश

Loading

काठमाडौं । सर्वोच्च अदालतले आयल निगमको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका गोपाल खड्कालाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधिश पुरुषोत्तम भण्डारीको एकल इजलासले खड्कालाई यस्तो आदेश जारी गरेको हो । सर्वोच्चले खड्कालाई हटाउनुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ ।

सरकारले आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई गत असोज २ गते पदबाट बर्खास्त गरेको थियो । संसदिय समितीको सिफारिसअनुसार सरकारले खड्कालाई पदच्युत गरेको हो । निगमले पेट्रोलियम भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको ठहरसहित समितीहरुले निर्देशन दिएका थिए ।

निगमले इन्धन भण्डारणका लागि भैरहवा, झापा, चितवन र सलार्हीमा खरिद गरेको जग्गामा खडकाले अरबौं रकम अनियमितता गरेको आरोप छ । खड्काको भ्रष्टाचार ठहर गर्नेमा उद्योग, वाणिज्य तथा उपभोक्ता हीत सम्बन्ध समिती, सार्वजनिक लेखा, अर्थ, सुशासन तथा अनुगमन र विधायन समिति रहेका छन । लेखा समितिले थप छानबिन र कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत आग्रह गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed