![]()
काठमाडौं । सर्वाधिक पुरस्कार राशी (२५ लाख रुपैयाँ ) को धनगढी प्रिमियर लिग (डीपीएल) दोस्रो संस्करण आगामी माघ ५ गतेदेखि सुरु हुने भएको छ ।
आयोजक धनगढी क्रिकेट एकेडेमीले काठमाडौंमा पत्रकार सम्मेलन गरी अक्सनमा आधारित राष्ट्रिय टी २० प्रतियोगिताको मिति सार्वजनिक गरेको हो । प्रतियोगिताको उपबिजेताले १० लाख तथा तेस्रो र चौथो हुने टोलीले क्रमसः ३ र २ लाख पुरस्कार पाउनेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पुरस्कार पाउनेछन् । म्यान अफ द सिरिजले अपाचे मोटरसाइकल पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको अनुमानित बजेट ३ करोड छ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहने छ । अघिल्लो संस्करणमा ६ टोलीको सहभागिता थियो ।


