Breaking News.... EverestOnlineKhabar
June 21, 2026

Loading

काश्की । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले हालै निर्माण गरिएको बाम गठवन्धनलाई अवसरवादीहरुको झुण्डको संज्ञा दिनुभएको छ । पोखरामा आइतबारबाट सुरु राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष बैद्यले भन्नुभयो, ‘ प्रतिक्रियावादी सत्तामा जानेहरुको गठबन्धन हो, उनीहरु बाम शक्ति हुनै सक्दैनन । ’

प्रचण्डले पटक पटक निरन्तरतामा क्रमभंग भन्ने गरेको स्मरण गर्दै वैद्यले भन्नुभयो, ‘उहाँले यो कुरा जनयुद्धको समयमा पनि भन्ने गर्नुहुन्थ्यो । त्यो समयमा ठीक थियो । तर, अहिले भनेको क्रमभंग उल्टो क्रमभंग हो । ’

बाम गठवन्धनले गर्ने समाजवादको कुरा अवसरवादी मात्रै भएको उहाँको टिप्पणी छ । नेता बैद्यले चाँडै विप्लव नेतृत्वको नेकपा र ऋषि कट्टेलको नेकपासँग एकता हुने जानकारी  दिनुभयो । उहाँले क्रान्तिकारीहरुको वैकल्पिक शक्ति बनाएरै छाडने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा नेकपाका नेता हेमन्तप्रकाश ओलीले अहिले भएको भनिएको बाम एकता फोहरी मान्छेहरुको एकता भएको टिप्पणी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed