![]()
बिबिसि । नाइजेरिया अर्को बर्ष रुसमा हुने बिश्वकप फुटबलमा छनौट हुने पहिलो अफ्रिकी मुलुक बनेको छ । विश्वकप छनोटको अफ्रिकी छनोट अन्तर्गत जाम्बियालाई १ – ० ले पराजित गर्दै नाइजेरियाले आफनो स्थान सुरक्षित गरेको हो ।
समूह बि मा रहेको नाइजेरियाको जितमा इलेक्स इओबीले निर्णायक गोल गरे । यो जितपछि नाइजेरियाले ५ खेलबाट १३ अंक जोडेको छ । नाइजेरिया लामो समयदेखि बिश्वकप फुटबल खेल्दै आएको छ ।


