![]()
बिबिसि । फ्रान्सले रुसमा हुने सन् २०१८ को विश्वकप फुटबलमा छनोट हुने सम्भावना कायमै राखेको छ । छनोट अन्तर्गत भएको खेलमा बुल्गेरियालाई १–० ले पराजित गर्दै फ्रान्सले आफनो सम्भावना जिवितै राखेको हो ।
बुल्गेरियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन ब्लाइस माटूइडीले निर्णायक गोल गरे । पहिलो हाफको तेस्रो मिनेटमा उनले गरेको गोल नै फ्रान्सको जितमा निर्णायक बन्यो । यो जितसंगै समूह ए को फ्रान्सले फ्रान्सको २० अंक जोडेको छ । एक खेल बाँकी रहदा शीर्ष स्थानको फ्रान्स दोस्रो स्थानको स्विडेनभन्दा १ अंकले अघि छ ।
फ्रान्सले अब अन्तिम खेल बेलारुससँग खेल्ने छ । उक्त खेलमा जित निकाले फ्रान्सले रुसको यात्रा तय गर्ने छ । यस्तै १९ अंक जोडेको स्विडेनले अन्तिम खेलमा नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । अन्य खेलमा स्विडेनले लक्जेम्बर्गलाई ८–० ले पराजित ग¥यो । नेदरल्याण्डले पनि बेलारुसलाई ३ – १ ले पराजित गर्दै छनोटको सम्भावना कायमै राखेको छ ।


