Breaking News.... EverestOnlineKhabar
June 19, 2026

समुद्री आँधी नेट छिरेपछि अमेरिकाको मिसिसिपि, अलाबामा, लुइजियाना र फ्लोरिडामा तनाव

Loading

बिबिसि । समुद्री आँधी नेटले अमेरिकाको मीसीसीपी नदीको मुहान नजिकै खाडी तटीय क्षेत्रमा प्रभाव जमाएको छ । आँधीसम्बन्धी अमेरिकी निकाय द यूएस न्याशनल हरिकेन सेन्टरले आँधी १३७ किलोमिटर प्रतिघण्टाको बेगमा उत्तरतर्फ लागेको जनाएको छ ।

मिसिसिपि, अलाबामा, लुइजियाना र फ्लोरिडा राज्यमा आँधी सम्बन्धी सूचना र सुरक्षित ठाउँमा जान आदेश जारी गरिएको छ । आँधीले ती क्षेत्रमा भीषण वर्षा, बाढी र १५० किलोमिटर प्रतिघण्टा सम्मको वायु ल्याइदिने ठानिएको छ ।

सावधानीस्वरुप यो क्षेत्रका पाँचवटा बन्दरगाह बन्द गरिएका छन् । मध्य अमेरिकी देशमध्येको कोष्टा रिका नेट आँधीबाट प्रभावितमध्ये एक हो । आँधीका कारण अहिलेसम्म कम्तीमा ३० जनाको ज्यान गएको बताइएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले श्रृंखलाबद्ध समुद्री आँधीबाट तहसनहस क्यारिबियन मुलुकहरुलाई थप सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । एन्टीग्वा र बारब्युडाको भ्रमणक्रममा गुटेरेसले समुद्री आँधीको शक्तिमा बढोत्तरी र पटक पटक आँधी आउनुको कारण जलवायु परिवर्तन भएको बताए । क्यारिबियन क्षेत्रमा भएको विध्वंसका पीडितलाई सहयोग गर्नु हरेकको नैतिक दायित्व भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed