![]()
काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड प्रस्थान गर्नुभएको छ । उहाँ आइतवार दिउँसो थाइ एयरलाइन्सको विमानबाट थाइल्याण्ड प्रस्थान गर्नुभएको हो ।
स्वास्थ्य परीक्षण र केही महत्वपूर्ण भेटघाटका लागि पूर्वराजा शाह थाइल्याण्ड प्रस्थान गर्नुभएको बुझिएको छ । शाहलाई बिदाइ गर्न पूर्वयुवराज्ञी हिमानी शाह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्नु भएको थियो ।

केही समयदेखि थाइल्याण्डमै बसिरहनु भएका शाह दशैं मनाउन नेपाल आउनु भएको थियो । शाहलाई मुटुको समस्याले च्यापेपछि केही समयअघि मात्रै काठमाडौं नर्भिक अस्पतालमा एन्जियोप्लाष्ट गरिएको थियो ।


