Breaking News.... EverestOnlineKhabar
June 19, 2026

लोकतान्त्रिक गठबन्धनःसिट बाँडफाँटको जिम्मा शीर्ष नेतृत्वलाई, फोरम लोकतान्त्रिकले माग्यो २० सिट

Loading

काठमाडौ,२२ असोज ।
कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको कार्यदलले सिट बाँडफाँटको जिम्मा शीर्ष नेतृत्वलाई दिएको छ । अब प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनमा आवद्ध दलका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरेर सिट संख्यामा सहमति जुटाउने प्रयास गर्नेछन् ।
चुनावी तालमेलको गृहकार्य गर्न कांग्रेस नेता विमलेन्द्र निधिको नेतृत्वमा कार्यदल बनाइएको थियो । तर, सिट संख्या निर्धारण नहुने बाँडफाँटमा समस्या भएको फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले जानकारी दिए ।अब प्रधानमन्त्रीले गठबन्धनमा आवद्ध दलका नेताहरुसँग छुट्टा छुट्टै छलफल गरेर सिट संख्या निर्धारण गरेपछि कार्यदलले जिल्ला र क्षेत्र छुट्टयाउनेछ ।
कांग्रेस नेतृत्वको गठबन्धनमा राजपा, संघीय फोरम, फोरम लोकतान्त्रिक, राप्रपा र राप्रपा प्रजातान्त्रिक छन् । राजपा र संघीय फोरमले साझा उम्मेदवार उठाउने सहमति गरेसँगै गठबन्धनमा उनीहरुको बार्गेनिङ पावर बढेको छ । तर, कति सिट भन्ने मुख खोलेका छैनन् । फोरम लोकतान्त्रिकले भने २० सिट मागेको छ । नेता रामजनमले भनेः‘हामीले २० सिट भनेका छौं, हेरौं कतिमा सहमति हुन्छ ।’
कमल थापा नेतृत्वको राप्रपाले पनि लोकतान्त्रिक गठबन्धनमा आवद्ध हुन २० सिट मागेको छ । यसैबीच,गठबन्धनमा आवद्ध दलहरुले आगामी चुनावमा चुनाव चिन्ह भने आ–आफ्नै लिनेछन् । नेताहरुका अनुसार तालमेल भएका ठाउँमा गठबन्धनमा आवद्ध अन्य दलले उम्मेदवार नउठाउने तर, सम्वन्धित पार्टीकै चुनाव चिन्ह लिने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed