![]()
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल तीन पार्टीको एकता संयोजन समिति सदस्यमा थपिने हुनु भएको छ । पार्टी कार्यालय, धुम्बाराहीमा शनिबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष केपी ओलीले त्रुटीका कारण खनालको नाम छुटेको भन्दै संयोजन समितिमा खनालको नाम थपिने प्रष्ट पार्नुभएको हो ।
वरिष्ठ नेता खनाल समितिमा नपरेपछि बाम गठवन्धनकै विषयमा शंका उपशंका उठेको थियो । एमाले नेता कार्यकर्ताबाटै अध्यक्ष ओलीको आलोचना हुन सुरु भैसकेको थियो । पार्टी भित्र र पार्टी बाहिरबाट आफनो आलोचना बढेपछि दबाब महसुस गर्दै अध्यक्ष ओली खनालको नाम समितिमा थप्न तयार हुनु भएको हो । बैठकमा खनाल पक्षले ओलीको नियतमाथि प्रश्न उठाएपछि त्रुटी भएको भनी अध्यक्ष ओलीले आत्मआलोचना गर्नुभएको थियो ।
वाम प्रगतिशील राष्ट्रवादी गठबन्धनको तीन पार्टी एकता संयोजन समितिमा नराखिएपछि खनाल स्वयं पनि असन्तुष्ट हुनुहुन्थ्यो ।


