Breaking News.... EverestOnlineKhabar
June 19, 2026

भारतीय प्रहरीको हिरासतबाट यसरी छुटे सीमा रक्षक देवनारायण यादव

Loading

सप्तरी,२२ असोज ।
एक सातादेखि भारतमा थुनामा रहेका सीमा रक्षक देवनारायण यादव र उनका छोरा अजय शनिबार रिहा भएका छन् । विहार राज्यको सुपोल जिल्लास्थित अदालतको आदेशमा तिलाठी–कोइलाडी गाउँपालिका १ निवासी देवनारायण बाबुछोरा शनिबार साधारण तारेखरिहा भएका हुन् । उनीहरु साधारण तारेखमा रिहा भएको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश सिंहले जानकारी दिए ।
उनीहरुविरुद्ध अपहरण मुद्दा लगाइएको थियो । देवनारायणका कान्छा छोरा अजयले केही महिना पहिले भारत कुनौलीकी ज्योति साहलाई भागी विवाह गरेका थिए । तर, ज्योतिका माइती पक्षले अजयसहित चार जनाबिरुद्व अपहरणको उजुरी कुनौली थानमा दिएका थिए ।
तर, दशैंको बेलामा सीमा पारी गरेको बेला अजयले भारतीय प्रहरीले पक्राउ गरेको थियो । छोरालाई छुटाउन गएका देवनारायणलाई पनि पक्राउ गरिएको थियो । बुहारी ज्योतिले अदालतमा इन्कारी बयान दिएपछि न्यायाधीशले रिहा गर्न आदेश दिएका थिए ।
रिहा भएपछि सीमा रक्षक देबनारायणले अहिले कुनै पनि प्रतिकृया नदिने बताएका छन् । उनले भनेः‘अहिले केहि भन्दैनौं, म पक्राउ परेपछिको वातावरण बुझ्छु, गाउँलेहरुसँग सरसल्लाह गर्छु अनि मात्रै कुनै प्रतिकृया दिन्छु ।’
आफू पक्राउ परेपछि रिहा हुने बेला आफ्नो गाउँ तिलाठीका ५० जनाभन्दा बढी व्यक्ति भारतको वीरपुर पुगेको बताउँदै उनले भनेः‘ती समाजसँग छलफल नगरिकन म केहि बोल्दिनँ ।’ गत वर्ष सप्तरीको तिलाठीमा भारतीय पक्षले बनाएको अबैध बाँध देवनारायणकै अगुवाईमा स्थानीयबासीप्ले भत्काएका थिए । त्यसक्रमा उनी घाइते पनि भएका थिए । त्यसको बदला लिन देवनारायणलाई पक्राउ गरेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed