Breaking News.... EverestOnlineKhabar
June 19, 2026

आक्रमणकारी स्टेफनकी प्रेमिकाले भनिन,–‘ नरसंहारको योजनाबारे थाहा थिएन ’

Loading

बिबिसि । अमेरिकी शहर लस भेगासमा ५९ जनाको ज्यानलिने स्टेफन प्याडककी केटीसाथीले यस्तो आक्रमण र नरसंहारको योजनाबारे आफूलाई केही थाहा नभएको बताएकी छिन् ।

प्रहरीसंगको बयानमा उनले आफू आफना प्रेमी स्टेफनको योजनाबाट अनिभिज्ञ रहेको बताएकी हुन । बन्दुकधारीले लस भेगासमा गरेको आक्रमणको उद्देश्य पत्ता लगाउन प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

उनको यो बयानपछि उक्त हत्याकाण्ड थप रहस्मय बनेको छ । अमेरिकी सरकारी वकिलले पनि मार्लो डेन्लीले यसअघि उनको स्वभाव स्नेही र दयालु रहेको तर यस्ता हिंसात्मक क्रियाकलापका बारेमा कहिल्यै पनि कुनै कुरा आदानप्रदान नगरेको बयान दिएको जनाएका छन् ।
स्टेफनकी प्रेमिका मार्लो हाल फिलिपिन्समा बस्दै आएकी छिन् । उनी अष्ट्रेलियन नागरिक हुन् । उनी करिब २० बर्षअघि क्यासिनोमा काम गर्न भन्दै अमेरिका पुगेको अष्ट्रेलिया सरकारले जानकारी दिएको थियो ।

अन्धाधुन्ध गोलीबाट ५९ जनाको ज्यान गएको थियो भने अरु ५०० भन्दा बढी घाइते भएका थिए । प्याडकले नरसंहार गर्नुअघि आफ्नी केटीसाथीलाई एक लाख अमेरिकी डलर पठाएको तथ्य प्रहरीले भेटेको र त्यसैका आधारमा उक्त हमलामा उनलाई पनि कुनै सूचना हुनसक्ने अनुमान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed