![]()
एजेन्सी । म्यानमारमा जारी ब्याडमिन्टन एशिया यु १५ र यु १७ प्रतियोगितामा नेपाली खेलाडीहरु पराजित भएका छन । पुरुषतर्फ प्रफुल महर्जन र प्रिन्स दाहाल इन्डोनेसियाका खेलाडीसँग पराजित भएका हुन । त्यस्तै, महिला एकलतर्फ पनि रशिला महर्जन र जेसिका गुरुङ पनि इन्डोनेशियाकै खेलाडीसँग पराजित भए ।
यु १७ पुरुष एकलमा प्रफुल महर्जन इण्डोनेशियाका मोहम्मद युसुफ मौलानासंग २१–१०, २१–११ ले पराजित भए । यु १७ तर्फको महिला एकलमा जेसिका गुरुङ इन्डोनेसियाकी देवी केसँग २१–६ र २१–८ ले पराजित भइन ।
यस्तै यु १५ पुरुष एकलमा प्रिन्स दाहाल इण्डोनेशियाका मोहम्मद सुलतान नुराविरुसँग पराजित भए । महिला एकल तर्फ रशिला महर्जन विदजाजा स्टेफेनसँग २१–११ र २१–३ ले पराजित भईन् ।
अब नेपाली खेलाडीहरुले मिस्क डबल्स मात्र प्रतिस्पर्धा गर्न बाँकी छ ।


