Breaking News.... EverestOnlineKhabar
June 19, 2026

गुगलद्वारा पिक्सेल टु र पिक्सेल टु एक्सएल स्मार्टफोनसहित थुप्रै हार्डवेयर र सफ्टवेयर सार्वजनिक

Loading

एजेन्सी । गुगलले पिक्सेल टु र पिक्सेल टु एक्सएल स्मार्टफोनसहित थुप्रै हार्डवेयर र सफ्टवेयर सार्वजनिक गरेको छ । क्यालिफोर्नियाको शहर सान फ्रान्सिस्कोमा विशेष कार्यक्रममाबीच स्मार्टफोनसहित हार्डवेयर र सफ्टवेयर सार्वजनिक गरिएको हो ।

यसमा नयाँ पिक्सेल टु र पिक्सेल टु एक्सएल स्मार्टफोनका साथै पिक्सलबुक, भिआर हेडसेट, होम स्पिकर र नयाँ सफ्टवेयर समावेश छन् । पिक्सेल टु र पिक्सेल टु एक्सएल पुरानो पिक्सेल ह्यान्डसेटको अपग्रेड वर्जन हो । लञ्चिङका साथै यसको ६ देशमा प्रि–बुकिङ पनि सुरु भइसकेको छ ।

पिक्सेल टु मा पाँच इन्चको डिस्प्ले छ भने पिक्सेल एक्सएल टुमा ६ इन्च एज टू एज डिस्प्ले छ । यो सामसङको ग्यालेक्सी एसएटको जस्तै देखिन्छ ।

पिक्सेल टु मा जुन फिंगरप्रिन्ट स्क्यानर दिइएको छ त्यो अहिलेसम्मको सबैभन्दा फास्ट स्क्यानर भनिएको छ अर्थात, माइक्रो सेकेन्डमा फोन अनलक गर्न सकिनेछ । यसमा हेडफोन ज्याक दिइएको छैन । यो स्मार्टफोन तीन रङ–सेतो, कालो र नीलोमा उपलब्ध छ । यसमा टाइम र नोटिफिकेशनलाई सधैं स्क्रिनमा देख्न सकिनेछ । यदि ब्याकग्राउन्डमा कुनै गीत बजिरहेको छ भने डिभाइस डिस्प्लेमा देखिनेछ । यसका लागि फोन अनलक गरिराख्नु पर्दैैन ।

फोनको क्यामरामा एक विशेष फिचर दिइएको छ । यसमा प्रयोगकर्ताले विभिन्न एनिमेटेड क्यारेक्टर पाउनेछन् जुन फोटो र भिडियोको क्रममा एड गर्न सकिन्छ ।

पिक्सल टु स्मार्टफोनमा भिडियो रेकर्डिङका लागि विशेष फिचर पनि छ । गुगल पिक्सल टु ६४९ डलर र पिक्सल टु एक्सएलको मूल्य ८४९ डलरबाट सुरु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed