![]()
झापा । नेकपा एमालेका अध्यक्ष केपी ओली झापा क्षेत्र नम्बर ५ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएका छन ।
ओलीसहित झापाका पाँच वटै निर्वाचन क्षेत्रका लागि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको एमाले झापाले जनाएको छ ।
झापा क्षेत्र नं १ बाट गोपालचन्द्र बुढाथोकी, क्षेत्र नं २ बाट पवित्रा निरौला खरेल, क्षेत्र नं ३ बाट पुष्पराज पोखरेल, क्षेत्र नं ४ बाट लालप्रसाद (एलपी) साँवा र क्षेत्र नं ५ बाट अध्यक्ष केपी ओलीको नाम सर्वसम्मत सिफारिस गरिएको हो ।


