Breaking News.... EverestOnlineKhabar
June 19, 2026

Loading

काठमाडौं । वाम गठबन्धनले तीनदिनभित्र कुन क्षेत्रमा कुन पार्टीको उम्मेदवार उठाउने भन्ने टुंगो लगाउने भएको छ ।
बिहीबार सिँहदरबारमा बसेका दुईवटै कार्यदलको बैठकमा क्षेत्र निर्धारण कार्यदलले ३ दिनभित्र क्षेत्र टुंगो लगाउने निष्कर्ष निकालेको हो ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धनमा आवद्ध सबै राजनीतिक दलको हैसियतअनुसार क्षेत्र तय गर्ने र बाँकी रहेका मध्ये ६० प्रतिशत एमाले र ४० प्रतिशत माओवादी केन्द्रले उम्मेदवारी दिनेछन् । प्रत्यक्षतर्फको उमेदवार छनोटका लागि गठित कार्यदल र चुनावी घोषणा पत्र मस्यौदा कार्यदलको संयुक्त बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि ३ दिन भित्र उम्मेदवार चयन गर्न क्षेत्र निर्धारणको काम सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकमा चुनावी घोषणा पत्र मस्यौदा निर्माणको काम ७ भित्र सम्पन्न गर्ने सहमति पनि भएको छ । पार्टी एकता संयोजन समितिको बैठकले एमाले महासचिव इश्वर पोखरेलको नेतृत्वमा गठन गरेको कार्य दललाई प्रत्यक्षतर्फको उमेदवार सिफारिस गर्ने कार्यादेश दिएको थियो भने बामदेव गौतम नेतृत्वको नेतृत्वमा कार्य दल गठन गरी चुनावी घोषणा पत्र मस्यौदा बनाउने जिम्मेवारी दिएको थियो ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी, नेपालले मंगलबार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गरेर जाने र पार्टी एकीकरण गर्ने सहमति गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed