Breaking News.... EverestOnlineKhabar
June 19, 2026

Loading

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी तालमेलका लागि लोकतान्त्रिक गठवन्धनसंग बार्गेनिङ सुरु गरेका छन । सत्ता र पदका लागि सबथोक बिर्षने आरोप लागेका राप्रपा अध्यक्ष थापाले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठवन्धनमा बस्न कम्तिमा १५ सिट चाहिने शर्त राखेका छन ।

प्रदेश सभामा माग्ने सिटबारे कार्यदल तहमा छलफल गर्ने बताएको राप्रपाले झापा, मकवानपुर र बाँके सबैजिल्लामा कम्तिमा १ सिट माग गरेको छ । मकवानपुर राप्रपा अध्यक्ष कमल थापाको गृहजिल्ला हो । त्यस्तै महामन्त्रीद्वय राजेन्द्र लिङदेन झापा र धवलशम्शेर राणा बाँकेका हुन् । यी तीन जिल्लाको हकमा कुनै सम्झौता नगर्ने राप्रपाको अडान छ । साथै, प्रदेश सभामा पनि राप्रपाले कम्तिमा २५ सिट माग्ने भएको छ । त्यस्तै धादिङ, धनुषा, सिरहा, पर्सा, सल्यान, बैतडीलाई राप्रपाले दोस्रो रोजाईमा राखेको छ ।

राप्रपाले गठवन्धनको कार्यदलमा उपाध्यक्ष बुद्धिमान तामाङलाई पठाउने निर्णय गरिसकेको छ । वाम गठबन्धनका कारण प्रजातन्त्र खतरामा परेको स्थितिमा लोकतन्त्रको रक्षाका निम्ति आफूहरु मिलेर जान तयार भएको बताएपनि प्रारम्भमै वार्गेनिङ गरेपछि गठवन्धनभित्र थापाको आलोचना हुन थालेको छ ।

राप्रपाले गठबन्धनमा आवद्ध दलको वरियतामा राप्रपा प्रजातान्त्रिकभन्दा अघि हुनुपर्ने माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed