Breaking News.... EverestOnlineKhabar
June 19, 2026

भूकम्पपछि खस्किएको अन्नपूर्ण पदमार्गमा पर्यटक आवागमन बढ्यो

Loading

पर्वत,१९ असोज ।
विश्वकै दश उत्कृष्ट पदयात्रा मार्ग मध्ये पर्ने अन्नपूर्ण पदयात्रा मार्गमा पर्यटकीय मौसम सुरुवात भएसँगै पर्यटकको चहलपहल बढ्न थालेको छ । भूकम्पलगायतका कारण विगतका वर्षमा खस्केको पर्यटन व्यवसाय अहिले भने पर्यटक बढ्न थालेपछि उत्साहित बनेको छ ।
यस बर्ष पर्यटकीय सिजन सुरु भएसँगै पदयात्रामा पुग्ने पर्यटकको संख्या बढेको हो ।

प्रायः सेप्टेम्बर र अक्टोबरमा विदेशी पर्यटकको भीड लाग्ने गर्दछ । यस वर्ष सेप्टेम्बरको शुरुदेखि नै पर्यटकको चाप बढेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाले जनाएको छ । पर्वत र कास्कीको सिमानामा पर्ने नयाँ पुलबाट शुरु हुने पदयात्रामा वार्षिक हजारौं विदेशी पर्यटकले पदयात्रा गर्दछन् ।

अन्नपूर्ण पदयात्रा मार्गमा यस सिजनमा दैनिक ३ सयदेखि ५ सयसम्मले भ्रमण गर्दछन् । नयाँ पुलबाट सुरु भएको पदयात्रा घान्द्रुक, छोमरुङ्ग, अन्नपूर्ण बेसक्याम्प पुग्छ भने पर्यटकहरु बिरेठाँटी हुँदै घोरेपानी, पुनहिल, तातोपानी र मुस्ताङसम्म पुग्ने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed