Breaking News.... EverestOnlineKhabar
June 19, 2026

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरीफ पुनः पार्टी प्रमुख

Loading

इस्लामावाद,१९ असोज ।
स्रोत नखुलेको अधिक सम्पत्ति थुपारेको भन्दै अदालतको आदेशअनुसार पाकिस्तानी प्रधानमन्त्रीबाट बाहिरिएका नवाज शरीफ पुनः सत्ताधारी पाकिस्तान मुश्लिम लिग–नवाज (पिएमएल–एन) को प्रमुख भएका छन्। पाकिस्तानका राष्ट्रपतिले निर्वाचन नीतिमा सुधार गर्नेसम्बन्धि विधेयक सोमबार स्वीकृत गरेलगत्तै मंगलबार नै शरीफ सर्वसम्मत पार्टी प्रमुख चयन भएका हुन्।
शरीफविरुद्ध कुनै पनि उम्मेदवारी नपरेपछि उनैलाई पार्टी अध्यक्ष चुनिएको पिएमएल–एनका निर्वाचन आयुक्त चौधरी जफार इकवालले जानकारी दिएका छन्। अब पाकिस्तानको निर्वाचन आयोगले शरीफ पिएमएल–एनको अध्यक्ष भएको औपचारिक घोषणा गर्नेछ।
गत जुलाईमा पाकिस्तानी सर्वोच्च अदालतले उनलाई प्रधानमन्त्री हुन अयोग्य घोषणा गरेको थियो। पाकिस्तानको निर्वाचनसम्बन्धि कानुनअनुसार राज्यको तत्कालिन कानुनले अयोग्य मानेको व्यक्तिले कुनैपनि दलको सदस्य वा पार्टी प्रमुख हुन नपाउने प्रावधान बमोजिम उनले पिएमएल–एन अध्यक्षबाट पनि राजीनामा दिएका थिए।
तर, पाकिस्तानी राष्ट्रिय सभाले सोमबार उक्त प्रावधान संशोधन गरी शरीफलाई दल प्रमुख बन्ने कानुनी आधार निर्माण गरिदिएको थियो। पछिल्लो संशोधनअनुसार सरकारी सेवामा नरहेको कुनै पनि पाकिस्तानी नागरिक दलको सदस्य वा प्रमुख बन्न पाउनेछ।
यो प्रावधान पास भएपछि यहाँका दुई प्रतिपक्ष दलले निर्वाचनसम्बन्धि हालै गरिएको सुधारलाई असंवैधानिक कदम भन्दै यसविरुद्ध सिन्ध उच्च अदालतमा उजुरी दर्ता गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed