Breaking News.... EverestOnlineKhabar
June 19, 2026

स्पेनका राजाले क्याटलान नागरिकलाई बेवास्ता गरेको क्याटलान नेताको आरोप

Loading

एजेन्सी,१९ असोज ।
क्याटालोनियाका नेताले स्पेनका राजा फेलिपे छैटौंले लाखौं क्याटलान गनागरिकको बेवास्ता गरेको भन्दै आलोचना गर्नुभएको छ । टेलिभिजन सम्बोधनको क्रममा क्याटालोनियाका नेता कार्लेस पुइग्डमन्टले राजा फेलिपेले स्पेनिस सरकारको कुरामा मात्रै सुनेको र क्याटलान नागरिकलाई बेवास्ता गरेको आरोप लगाउनुभएको हो ।

नेता कार्लेसले अहिले आफूहरु मेडिटेसनको अवस्थामा रहेको भन्दै आउँदो हप्ता क्याटालोनियालाई स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्ने संकेत गर्नुभयो । स्पेनका राजा फेलिपे छैटौंले मंगलबार राति टेलिभिजन सम्बोधनको क्रममा जनमतसंग्रहको आयोजना गरेर क्याटालोनियाले आफूलाई कानुन भन्दा बाहिर लगेको बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed